कोरोना संक्रमितको संख्या १०९ पुग्यो

586
views

काठमाडौं, २७, बैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) देशमा थप सातजना थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सात जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उदयपुर, कपिलवस्तु र पर्साका हुन् ।

उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।