जोहेबको “सुनसान बस्ती’’

1088
views

सचिन्द्र श्रेष्ठ । हरेक पटक आफूलाई संगितमा नयाँ प्रयोग फरक शैली गर्न रुचाउने चर्चित गायक जोहेब मानन्धर यसपाली पनि केही भिन्न शैलीमा प्रस्तुत भएका छ्न ।

अहिले कोरोनाको महामारीले बिश्व नै ग्रस्त भएको बेला यो सम्बन्धी धेरै कलाकारहरुले धेरैथरी गीतहरु निकालेका छ्न । तर गायक जोहेबले केही भिन्न शैलीमा कवितात्मक रुपमा यो भिडियो रिलिज गरेका छ्न । ’सुन्सान बस्ती’ नामाकरण गरेको यस भिडियोमा आवाज र शब्द स्वयं जोहेब को नै रहेको छ ।

ब्याकग्राउण्ड संगित सन्दिप कार्कीको छ भने भिडियोग्राफी र सम्पादन जोएल यम डि आर को छ । छोटो मिठो शब्द मा तयार पारिएको यो भिडियो अहिलेको समय सन्दर्भ बनेको छ ।

नेपालमा अहिले लक डाउनमा बस्न लागेको झन्डै करिब दुई महिना हुन लाग्दा आम मानिसमा कस्तो भावना मनमा उब्जेको छ भन्ने कुरा “सुनसान बस्ती’’ ले उजागर गरेको छ ।

कविता वाचन र यसको भिडियोलाई स्रोता दर्शकले निकै म पराएका छन् । जोहेबले आफ्नो फेसबुक माफर्त भिडियो रिलिज गरेको यो गीतलाई यूट्यूबमा पनि हेर्न सकिन्छ ।

२५ बर्ष नेपाली सांगीतिक क्षत्रमा बिताउदै गरेका गायक जोहेबको सदाबहार गीत “म यस्तो गीत गाउन्छु’, ‘तिम्रो चाहनामा’ बाट नेपाली सांगितिक दुनियामा स्थापित भएका थिए ।