जलजला गाउँपालिका अध्यक्षले गरे पाँचलाख बराबरको सहयोग

665
views

पर्वत, २९, बैशाख । जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्लले जलजलाबासीको कोरोना भाइरस लागेमा निशुल्क उपचार गर्ने घेषणा गरेका छन ।

यो अभियानका लागि उनले ब्यक्तिगत रुपमा पाँच लाखबढी लगानी गरेका छन् । सुरुमा जलजला गाउँपालिकाको राहत कोषमा ब्यक्तिगत दुई लाख रुपैयाँ जम्मा गरेका मल्लले कुश्मा नगरपालिकाले बनाएको राहत कोषमा ३० हजार रुपैयाँ प्रदान गरे ।

मल्लले महाशिला स्थित नेपाली काँग्रेसले बनाएको राहत कोषमा ३० हजार, नेपाली काँग्रेस फलेबासले बनाएको राहत कोषमा ५० हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले फलेबास नगरपालिका र बिहादी गाउँपालिकालाई थर्मोगन, मास्क, सेनीटाइजर, पञ्जालगायतका सामाग्री समेत प्रदान गरेका छन् । फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा र बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाललाई ती सामाग्री हस्तान्तरण गरेका हुन ।

महाशिला, पैयूँ र मोदी गाउँपालिकामा पनि ती सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाएका छन । साथै मल्लले जलजला गाउँपालिका क्षेत्रमा कोलोरिङ छर्कनका लागि थप ५० हजार रुपैयाँ समेत लगानी गरेका थिए ।

अध्यक्ष मल्लले जलजला गाउँ पालिकाका सबै स्वास्थ सस्थाहरुलाई कोरोना सम्बन्धि थर्मो गनका साथै अन्य सामाग्रीहरु समेत उपलब्ध गराएका छन् ।