कालापानीमा सीमा सुरक्षा पोस्ट राख्ने तयारी

939
views

काठमाडौँ, ३० वैशाख । नेपाल सरकारले कालापानीमा सशस्त्र प्रहरीको नेतृत्वमा सीमा पोष्ट (बीओपी) स्थापना गर्ने तयारी गरेको छ ।

नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सिमाना जोड्ने गरी भारतले सडक निर्माण गरेपछि सरकारले तत्काल व्यास गाउँपालिका–१, छाङ्रुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बीओपी स्थापना गर्न लागेको हो ।

बुधबारसम्म कालापानी क्षेत्र छाङ्रुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने गरी तयारी गरेको हो । सीमा सुरक्षा पोस्ट स्थापना गर्न स्थलगत निरीक्षणसमेत भइरहेको हो ।

भारतले सन् १९९९ देखि चीन सीमा जोड्ने उद्देश्यले तावाघाटदेखि सडक निर्माण थालेको थियो । सन् २०१५ मा भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति भएपछि यो सडकलाई भारतले प्राथमिकताका साथ निर्माण गरेको हो ।