बागलुङबाट गएका थिए पर्सा पुगेका १४ संक्रमित

547
views

वीरगञ्ज, ३०, वैशाख । पर्सामा भेटिएका कोराना भाइरस (कोभिड–१९) का ३९ संक्रमित मध्ये १४ बागलुङबाट गएको खुलेको छ । रोजगारीका लागि बागलुङ पुगेका उनीहरु लकडाउनका कारण समस्यामा परेपछि फर्किएका थिए ।

बा ४ ख ५७९० नम्बरको बसमा पर्सा पुगेका थिए । १३ गते पर्सा पुगेको बसमा ४२ जना थिए । उनीहरुमध्ये ६ जना भारतीय नागरिक थिए भने ५ जना जगन्नाथ र २ जना धोविनी गाउँपालिकाका थिए । तर जगन्नाथ र धोविनीले आफ्ना नागरिकलाई लगेन । त्यसैले सबैलाई मंगल माविको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा भएका ६२ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसमध्ये १४ जना मध्ये को पाजेटिभ आएको थियो ।

यो । क्वारेन्टाइनमा बस्दा कुनै लक्षण देखिएको थियो गाउँपालिका प्रमुख गुप्ताले भने, ‘हाम्रो जगननाथ गाउँपालिकाका ११, धोविनीका दुई जना र एक भारतीय नागरिकको पोजेटिभ रिपोर्ट आएको छ ।’