सरकारी दस्तावेज घरमा ओसार्ने पूर्व कर्मचारीहरुलाई किन कारबाही हुँदैन ?

1164
views

-रतन भण्डारी
मुलुकको मन्त्रालय र विभागमा कार्यरत पूर्वकर्मचारी ९सबैले होइन, तर अधिकांशले० पूर्व–सचिव र पूर्व महानिर्देशकहरुले राज्यका महत्वपूर्ण सामग्री, दुर्लभ दस्ताबेज, अति गोप्य कागजपत्रहरु पदमा रहँदा पदको दुरुपयोग गरी घरघरमा ओसारेका छन् । ती मध्ये नापी विभागका पूर्व महानिर्देशकहरु यतिबेला आँफू पदमा बहाल रहँदा नापी विभागबाट अख्तियारको दुरुपयोग गर्दै गैरकानूनीरुपमा घरमा ल्याएर राखेका दुर्लभ नक्शा, गोप्य कागजात र सामग्रीहरुलाई आफ्नो सामग्री भन्दै विज्ञ पल्टेका छन् । झापाको महेशपुर, नवलपरासीको सुस्ता, कैलालीको भजनी, सत्ती विरानाला, कञ्चनपुरको परासन पुनर्वास क्षेत्रको अतिक्रमित भूमि भारतलाई बुझाउने नापी विभागका पूर्व महानिर्देशकहरु यतिबेला चर्का सीमाविद् बनेका छन् । पदमा हुँदा मुलुकको सीमा गलत रुपमा निर्धारण गरी भारतीय अतिक्रमणलाई सघाउनेहरु यतिबेला सीमाविद र सीमा अभियन्ता बनेका छन् । पदमा हुँदा अहिलेसम्मका कुनै महानिर्देशकले लिम्पियाधुरा देखिने नक्शा प्रकाशन गरेनन्, अहिले तिनै महानिर्देशकहरु नेपालसँग लिम्पियाधुरा देखिने नक्शा नै छैन मैले बेलायतबाट ल्याए, अमेरिकाबाट ल्याएँ भन्दै हिडेका छन् । आँफू पदमा हुँदा लिम्पियाधुरा देखिने नक्शा नबनाउने अनि अहिले आएर नेपालले लिम्पियाधुरा देखिने नक्शा बनाउनै सकेन भनेर जनतालाई बेबकूफ बनाउन र सस्तो लोकप्रियताका लागि आँफू विज्ञ पल्टन मिल्छ ?

आँफू पदमा हुँदा लिम्पियाधुरा देखिने नक्शा नबनाउने अनि अहिले आएर नेपालले लिम्पियाधुरा देखिने नक्शा बनाउनै सकेन भनेर जनतालाई बेबकूफ बनाउन र सस्तो लोकप्रियताका लागि आँफू विज्ञ पल्टन मिल्छ ?

पदमा हुँदा केही नगर्ने उल्टो नेपालको हितविपरीतका सन्धिसम्झौतामा सही गर्ने, मुलुक र जनताको अहितमा काम गर्ने सेवानिवृत्त भएपछि चर्का क्रान्तिकारी अभियन्ता र विज्ञ बन्न मिल्छ रु नेपाल सरकारले मन्त्रालयको सचिव र नापी विभागका महानिर्देशकहरुले उनीहरु पदमा रहँदा मन्त्रालय र विभागबाट लगेका दुर्लभ दस्ताबेज र कागजातहरु कसले कसरी किन कुन उद्देश्यका लागि लग्यो भनेर छानबिनसहित कारबाही गर्नुपर्छ कि पर्दैन ? यस्तो गाइजात्रा संसारको कुन चाहिँ देशमा हुन्छ ? चीन उत्तरकोरियामा मात्र नभई पश्चिमा पूँजीवादी मुलुकहरुमा समेत कर्मचारीहरुले यसरी सरकारी दस्तावेज, नापनक्शा र गोप्य कागजात लगेको पाइएमा कडा कारबाहीको व्यवस्था छ । यहाँ त त्यसरी कर्मचारीले ओसार्ने मुलुकको सम्पत्ति ती कर्मचारीहरुमा मात्र सीमित नरही त्यसको दुरुपयोगसमेत हुँदै आएको छ । सेवारत रहँदा पदीय आचरणको दुरुपयोग गरी मुलुकको सम्पत्ति घरघरमा ओसार्ने पूर्व कर्मचारीहरुमाथि अख्तियार दुरुपयोगको मुद्दा लाग्नु पर्ने हो । तर बिडम्बना सबैतिर तिनै दस्तावेज फुत्काएर घरका दराज भर्ने पात्रहरुको हाइहाइ छ ।

सेवारत रहँदा पदीय आचरणको दुरुपयोग गरी मुलुकको सम्पत्ति घरघरमा ओसार्ने पूर्व कर्मचारीहरुमाथि अख्तियार दुरुपयोगको मुद्दा लाग्नु पर्ने हो ।

मुलुक र जनताको सम्पत्तिका रुपमा रहेका दुर्लभ दस्ताबेज खोज्न गयो भने मन्त्रालय र विभागमा केही भेटिदैनन् । तर यी पूर्वकर्मचारीका घरमा चाङका चाङ हुन्छन र यिनीहरु भन्दै हिडेका हुन्छन् मन्त्रालय र विभागसँग नभएका सामग्री मसँग छन् भनेर । यो भन्दा ठट्टा अरु के सक्छ ?

चीन, उत्तरकोरिया र पश्चिमा पूजीबादीमुलुकहरुमा समेत सरकारी दस्ताबेज घरमा ओसार्ने कर्मचारीहरुलाई देशद्रोहको मुद्दा चलाइन्छ, तर नेपालमा त्यसरी सूचना ओसार्नेहरुलाई जताततै मानसम्मान खान भ्याई नभ्याई छ ।