अब यसो गरौ !!

1298
views

–शेषनारायण पौडेल
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनमात्रै नभई धेरै विकल्पहरुको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । कोरोना महाव्याधीले शक्तिशालि मुलुकदेखि गरीब मुलुक समेत आक्रान्त भैरहेका बेला यी विकल्पहरु अवलम्बन गर्न, कोरोना नियन्त्रण तथा रोकथामका लागि बिदेश वा बाहिरबाट आएका ब्यक्तिहरुलाई घरमै अलग्गै क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरौं, यसबाट ब्यक्तिलाई खानेबस्ने र हेरचाहमा केही सहज हुन्छ, ब्यबस्थापन गर्नपनि सजिलो र सरकारलाई चाप पनि कम पर्ने हुन्छ । अलग अलग आएकालाई क्वारेन्टाइनको नाममा पुनः समुहमा राख्ने प्रणालीले संक्रमण बढाउँछ ।

स्वास्थ्य अबस्था सामान्य रहेका संक्रमितहरुलाई घरमै आइशोलेसनमा राखौं, विकसित मुलुकमा पनि यस्तै गरिएको छ, संख्या बढ्दै जाँदा सबैलाई अस्पतालको आइसोलेटेड वेड पुर्याउनु असम्भव छ । उनिहरुलाई असहज महशुस भएमा वा ईन्टेन्सिभ केयर आबश्यक पर्ने अबस्थामा मात्र अस्पताल भर्ना गरौं ।

कोभिड–१९ पोजेटिभ टेष्ट हुँदासाथ घर घरमा पुगेर संक्रमित खोज्ने र अस्पताल ल्याइहाल्ने कार्यले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सो कार्यमा खटिने अरुलाई पनि संक्रमण भएको र हुने जोखिम रहन्छ भने अस्पतालहरुमा स्वस्थ्य अबस्थाका कोरोना संक्रमितहरुलाई राख्नाले अन्य रोगका बिरामीहरुको बिचल्ली भएको अवस्था छ ।

कोभिड–१९ पूर्णरुपमा उन्मूलन हुने सम्भावना निकै कम छ, त्यसैले अब प्रतिकूलताका बीचमा अनुकूलता खोज्नु ढिला गर्नु हुँदैन । सुरक्षा साबधानि अपनाउँदै अब क्रमशः ब्यापार ब्यबसाय, उद्योग कलकारखाना खोल्दै जाआँै, विकास निर्माणका कामलाई पनि शुरु गरौं, सरकारी सार्वजनिक कार्यालयपनि क्रमशः सुचारु गरौं, लकडाउन मात्र अहिलेको समस्याको समाधान होइन ।

उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख हुनुहुन्छ ।