प्याकेजमै संविधान संशोधन गरौं, कागजमा लेखेर भूमि पाईदैन् : महतो

724
views

काठमाडौं, १७, जेष्ठ । समाजवादी जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्याकेजमा संविधान संशोधन गर्न माग गरेका छन् । महतोले संविधानको अनुसुचिमा नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संशोधन प्रस्तावसँगै आफुहरुले उठाएको संशोधनको विषय पनि सँगै अगाडी बढाउनुपर्ने बताए ।

मधेस केन्द्रित दलले प्रदेशको सिमांकन, नागरिकता,भाषा, संघीय आयोग गठन लगायतका विषयमा संविधानमा भएको वयवस्था संशोधनको माग गर्दै आएका छन् । उनले नेपालको अतिक्रमित भुमि फिताए ल्याउनुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । राष्ट्रिय सहमतिका लागि सरकारलाई संविधान संशोधन प्रस्ताव प्याकेजमा अगाडी बढाउनका लागि आफुरुले भनिरहे पनि सरकारले नसुनेको उनले बताए ।

“हाम्रो जमिन फिर्ता गर्ने हो । सरकारलाई हामीले त्यसमा पुरै जनताको साथ र समर्थन लिएर, राष्ट्रिय सहमति जुटाएर जाउ भनिरहेका छौं” उनले भने, “ त्यसका लागि जब संविधान संशोधनको कुरा उठाउँछ भने संधिान संशोधनका लागि सयकडौं मान्छे मरेको छ । हिमाल,पहाड,मधेसी,जनजाती,थारुहरुले आवाज उठाएको छ ।

सरकारले संविधान संशोधनको सवालसँगै जनताको त्यो माग पनि उठाइदेओस् । त्यो पनि प्याकेजमा गरिदेउ र सबै जनतालाई साथमा लिएर जाउ ।” विगतमा आफ्नै राष्ट्रघाती कामका कारण गुमेको भुमि जनताको साथ लिएर फिर्ता लिनका लागि आफुहरुले भनिरहेको पनि उनले बताए ।

त्यस्तै, नेता महतोले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालिन नेकपा एमालेका नेता केपी ओलीले महाकाली सन्धी गर्दा राष्ट्रघात गरेको आरोप पनि लगाए । महाकाली सन्धी अध्ययन कार्यदलको संयोजक रहेका ओलीले सन्धी छिटो पारित गराउनुपर्छ भनेको पनि उनले स्मरण गरे ।

नेता महतोले महाकाली सन्धी गर्दा दौरा शुरुवाल र टोपी लगाउनेले नै राष्ट्रघाट गरेको भनदै मधेसका धोती लाउनेले कहिल्यै राष्ट्रघात नगरेको बताए । मधेसीलाई गाली गरेर कुर्सीका लागि लम्पसारवाद भएर राष्ट्रघात गर्ने दिन अब गएको पनि उनको भनाई थियो । पटक पटक नश्चिलय चिन्तन बोकेका शासकहले कुर्सीका लागि देशको सिमा बेचेको भन्दै उनले कागजमा लेखेर मात्र भुमि नपाईने पनि बताए ।