क्वारेन्टाइनमा बसेका एक व्यक्तिले गरे आत्महत्या

706
views

गुल्मी, १८, जेष्ठ । गुल्मीमा क्वारेन्टाईनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् । शनिवार बिहान भारतबाट आएका उनी क्वारेन्टाइनमा बसेका थिए ।

साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका परियार अबेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

कोरोना संक्रमण भएको आशंकाले उनको शव व्यवस्थापनमा चुनौती देखिएको छ ।