बाँके बस दुर्घटनामा १२ जनाको मृत्यु, २१ घाइते

587
views

दाङ, १९, जेष्ठ । बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन । नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको थियो । उक्त बसले भारतबाट फर्केकाहरुलाई लिएर आएको थियो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना भएको हो । दुर्घटना घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए । दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ ।