गण्डकी प्रदेशमा संक्रमितको संख्या २७ पुग्यो

721
views

पोखरा, १९, जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ का संक्रमितको संख्या २७ पुगेको छ । पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २७ पुगेको हो । कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षका युवा हुन् । यस्तै विनयत्रिवेणी गाउँपालिकाको संक्रमित १४ वर्षीय किशोर हुन् । उनीहरु क्वारेन्टिनमै बसिरहेका थिए ।

उनीहरुलाई पूर्वीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ । हालसम्म नेपालमा ६९५८७ जनाको परिक्षण गरिएको छ भने, संक्रमितको संख्या १५७२, मृतकको संख्या ८ जना र २२० जना निको भएर घर फर्किएका छन् ।