बझाङ केदारस्युँ गाउँपालिकामा १७ घर पहिरोले पुर्यो

1450
views

बझाङ, २०, असार । जिल्लाको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । त्यस स्थानमा भएको क्षतिका विषयमा एकिन जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ ।

मल्लेसीमा पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएपनि एकिन विवरण आईनसकेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

अधिकारीले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको पनि जानकारी दिए ।

स्थानीय लोकेन्द्र विकले भने अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना बेपत्ता भएको जानकारी दिए ।

केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको बताए ।

पहिरोले त्यस ठाउँको पावरहाउस, सडक समेत बगाएको छ ।