वीरगन्जमा कोरोनाले दुईजनाको मृत्यु

723
views

वीरगन्ज, ९, साउन । वीरगन्जमा तीन दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीन जनाको मृत्यु भएको हो । गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत बाराको परवानीपुर गाउँपालिका ४ की १९ वर्षीया युवतीको शुक्रबार मृत्यु भएको हो । उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यसअघि शुक्रबार बिहान वीरगन्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसअघि गत मङगलबार पनि आइसोलेसनमै मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीया बृद्धमा पनि बुधबार राति संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार साँझ मृत्यु पछिमात्र युवतीमा कोरोना पुष्टि भएको कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । यसअघि उनमा आरडिटी रिपोर्ट पनि पोजिटिभ देखिएको थियो ।