सुर्खेतमा २० करोड लगानीको ‘कर्णाली मल’ सञ्चालन हुँदै

1297
views

जितेन्द्र थापा
सुर्खेत, १४ साउन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा २० करोडको लागतमा ‘कर्णाली मल’ सञ्चालन हुने भएको छ ।


कर्णाली प्रदेशका १० जिल्लालाई लक्षित गरी कर्णाली मलको स्थापना गर्न लागिएको कर्णाली मल सञ्चालन सिमितिका अध्यक्ष अर्जुन पाण्डेले बताए ।
सम्पुर्ण सेवा सुविधा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको मल असोजसम्म सञ्चालनमा ल्याइने भएको अध्यक्ष पाण्डेले बताए ।
‘विभिन्न कम्पनीहरुले ग्राहकहरुलाई ठगिने भएकोले सेवाग्राहीलाई सस्तो (फिक्स) मुल्यमा सबै सामग्री एउटै ठाउँमा दिनका लागि मलको स्थापना गर्न लागेका हौं’ पाण्डेले भने, ‘उपभोक्ताको दैनिक जिवनमा प्रयोग हुने सम्पुर्ण सामानहरु कपडा, खाद्यान्न, खुद्रा, इलेक्ट्रोनिक्स, रेस्टुरेन्टसममका सुविधाहरु हुनेछन् ।’
देशका विभन्न ठाउँहरुमा भएका मल, सुपरमार्केटकै डिजाइनमा जस्तै कर्णाली मलको स्थापना गर्न लागिएको छ ।
६ वटा तला भएको घरमा सञ्चालन हुन लागेको मलको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।
बैशाखमैं सञ्चालनमा ल्याउने गरी तयारी गरेपनि कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनले सञ्चालनमा ढिलाई हुनका साथै व्यवसायमा पनि धक्का लागेको अध्यक्ष पाण्डेको भनाई छ ।
सामानहरु भदौ मसान्तसम्म हालेर आसोजमा उद्घाटनको तयारी रहेको सञ्चालकहरुको भनाई छ ।