प्रदेश २ मा थप एक न्यायधीशलाई कोरोना संक्रमण पुष्टि

511
views

जनकपुरधाम  । प्रदेश २ मा थप एक न्यायधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाको जोखिम बढेपछि साउन १३ मा अदालतका २२ जनाको स्वाब संकलन गरिएको थियो। जसमध्ये ५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

न्यायाधीशमा संक्रमण देखिएपछि कामकारबाही शुक्रबादेखि साउन ३१ सम्म स्थगित गरिएको उच्च अदालतले जनाएको छ। यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका एक ५८ वर्षीय न्यायाधीशमा संक्रमण देखिएको थियो। उनको आइसोलेसनमा उपचार भइरहेको छ।