भारतद्वारा २ करोड ८० लाखको भेण्टिलेटर सहयोग

590
views

काठमाडौं, २६, साउन । भारतले नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको भेण्टिलेटर सहयोग गरेको छ । जंगी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतिय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन ।

कोभिड–१९ महामारी रोकथाम प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी (कोभिड–१९) प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ लाई सफल कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यले भेण्टिलेटर सहयोग गरेको हो ।

प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन् ।