कोरोना संक्रमित दुई महिलाको मृत्यु

568
views

काठमाडौं, २८, साउन । राजधानीमा मंगलबार राती मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारत काठमाडौं टेकुकी ७७ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएपछि स्वाव परिक्षण गराइएको थियो ।

बुधबार विहान आएको परिक्षण रिपोट पोजेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलासहित राजधानीमा बुधबार दुई महिलाले कोरोनाबाट ज्यान गुमाएका छन् ।