पत्रकार बानियाँ मृत भेटिए

439
views

काठमाडौँ । लामो समयदेखि कान्तिपुर पव्लिकेशनमा आबद्ध पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला परेका छन् । बानियाँको शव मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती नदीमा भेटिएको हो । उनको शव भेटिएको पुष्टि जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको छ । उनी यही साउन २६ गते काठमाडौं बल्खुदेखि बेपत्ता भएका थिए ।

उनको मोबाइलको अन्तिम लोकेशन बल्खु आसपास देखाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बानियाँको बागमती गाउँपालिकाको सिस्‍नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका थिए । दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्वद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउँथे। उनको जन्मथलो तनहुँ हो । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार बिहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्‍याइएको छ ।