सात लाख ६३ हजार बढीले कोरोनाबाट ज्यान गुमाए

513
views

काठमाडौं, ३१, साउन । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १३ लाख ४१ हजार आठ सय ४५ जना पुगेको छ ।

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ६३ हजार ५६ जना पुगेको छ । एक करोड ४१ लाख ३८ हजार तीन सय चार जनाले कोरोना जितेका छन् ।

अमेरिकामा एकलाख ७१ हजार पाँच सय ३५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, ब्राजिलमा एकलाख ६ हजार पाँच सय ७१ , भारतमा ४९ हजार एक सय ३४ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।

आजसम्म मेक्सिकोमा ५५ हजार नौ सय आठ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय १५ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।

शनिबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार पाँच सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १७ हजार ७७ जनाले कोरोना जितेका छन भने ९९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।