पिस सिभिकको बृक्षारोपण कार्यक्रम सम्पन्न

415
views

पोखरा, ३२ साउन । लायन्स क्लव अफ पोखरा पिस सिभिकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले शनिबार पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयको परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

क्लवले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत बृक्षारोपण कार्यक्रम आयोजना गरेको सचिव बिकास प्रसाद कंडेलले जानकारी दिए । रामचन्द्र तिवारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अशोका, धुपी, कपुर, अमला, तेजपत्ता, बिरेन्द्र फूल लगायतका प्रजातीका ६० वटा बिरुवा रोपिएको क्लवले जनाएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका ३१ का वडा सदस्य पुर्णाखर पाण्डे, आनन्द ज्योति माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रुद्रनाथ अधिकारी, क्लवका डिपार्टमेन्ट चिफ टिकाराम सापकोटा, कलस्टर प्रमुख पबित्रराज तिवारीको लगायतको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष किरण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बिकास प्रसाद कंडेलले गरेका थिए ।