संक्रमिको संख्या २७ हजार नाघ्यो, १०७ जनाको मृत्यु

462
views

काठमाडौं, १, भदौ । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ ।

कोरोनाले मृत्यु हुनेको संख्या १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ ।

काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ जनामा संक्रमण देखिएको छ ।