नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो

592
views

काठमाडौं, ८, भदौ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष, सुनसरीका १ पुरुष र पर्साकी १ महिलाको कोरोनाबाट मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन् । संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन् ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।