कोरोनाले २८० जनाको मृत्यु, ४५ हजार २७७ जना संक्रमित

419
views

काठमाडौं, २०, भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २८० जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या २८० पुगेको हो ।

पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ ।

गौतमका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको स्वाब परीक्षण हुँदा हजार ४१ मा संक्रमण पुष्टि भएको हो। अहिले नेपालमा ६ हजार ५६१ जना क्वारेन्टाइनमा रहेका छन् ।