काठमाडौंको गाईफार्ममा आगलागी, ८० गाई जले, करोडौंको क्षति

827
views

काठमाण्डौ, ३, असार । काठमाडौंको गोर्कर्णेश्वर नगरपालिका–१ नयाँपार्टी विपीचोकमा रहेको एक गाई फार्ममा शनिवार आगलागी हुँदा ८० गाई जलेर मरेका छन् । ओम कृषि फार्ममा शनिबार विहान ११ बजे आगलागी हुँदा ८० गाई जलेर मरेका हुन् । १५–१६ वटा गाई गम्भीर अवस्थामा छट्पटाइरहेको फार्मका संचालक जर्नादन खड्काले बताए । प्रोफेसर बाबुराम कार्की, वागमती सफाइ अभियन्ता महेश बस्नेत, जनादर्न खड्का लगायतको टिमले झण्डै ४ करोड लगानी गरेर ४ महिना अघि सुरु गरेको उक्त फार्ममा ७५, दुहुना गाई, २२ व्याउने र अन्य साना बाच्छी रहेको बताइएको छ । शनिबार बिहान ११ बजे फार्मका संचालक गाइलाई दाना दिएर आराम गरिरहेको अवस्थामा विद्युत् सर्ट भएर एक्कासी आगो लागेपछि ध्वस्त भएको पनि खड्काले बताउनु भयो । खड्काका अनुसार बौद्ध र सुन्दरी जलका प्रहरीले अहिले पनि गाइको रेस्क्यु गरिरहेका र नेपाली सेना उद्धार कार्यमा संलग्न भएर केही समय अघि मात्र फर्केका थिए ।