थप ११ को मृत्यु : कोरोनाले मर्नेको संख्या ३०० पुग्यो

367
views

काठमाडौं, २२, भदौ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएकोेसँगै मृतकको कुल संख्या ३०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार मात्रै ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ छ ।