शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी

454
views

डडेल्धुरा, २४, भदौ । शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई डडेलधुरामा तालाबन्दी गरेका छन । डडेल्धुरा जिल्लाका सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले तलब निकासा सहितको माग राखी तालाबन्दी गरेका हुन ।

शिक्षण सिकाई अनुदानको रकम निकासा नगरिएकोले सोही विषयमा गत साउनमा शिक्षा इकाईमार्फत शिक्षामन्त्रीलाई ध्यानाकर्षण बुझाउँदा पनि हालसम्म कुनै चासो नदिएको उनीहरुको गुनासो छ ।

पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण बुझाउँदा पनि आफूहरूका मागहरूको बेवास्ता गरिएकोले आफूहरू बाध्य भएर आन्दोलन मा जानुपरेको अनुदान शिक्षक समिति डडेल्धुराका संयोजक केशव बहादुर साउँदले बताए ।

निजी क्षेत्रलाई कर्मचारी को रोजगारी नखोस्न निर्देशन दिइरहेको सरकारले आफै शिक्षकहरूको तलब निकासा गरेको छैन । आफूहरूका मागहरूप्रति सरकारले कुनै प्रतिक्रिया नदेखाएको भन्दै आफूहरू आन्दोलनमा गएको अनुदान शिक्षक समिति डडेल्धुराका संयोजक केशव बहादुर साउँदले बताए ।