सीपीएलः सन्दीप आबद्द जमैका ९ विकेटले पराजित

471
views

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा ट्रिनबागो नाइट राइडर्स फाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द जमैका तलाबाजलाई हराउंदै ट्रिनबागो फाइनल पुगेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको १ सय ८ रनको लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । सुनिल नारिन ४ रनमा आउट भए ।

जमैकाका मुजिब उर रहमानले १ विकेट लिए । यस खेलमा भने सन्दीप विकेट लिन असफल भए । सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए । यस्तै कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे ।

जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका अकेल होसिनले ३ विकेट लिए । खेरी पेरीको नाममा २ विकेट रह्यो ।

अब ट्रिनबागोले उपाधिका लागि सेन्ट लुसिया जोउक्ससँग खेल्नेछ । गुएना अमेजन वारियर्सलाई १० विकेटले हराउंदै सेन्ट लुसिया फाइनल पुगेको हो ।

फाइनल खेल बिहीबार हुनेछ । एजेन्सी