कोरोनाः ९ लाख सात हजार ९ सय बढीको ज्यान गयो

616
views

काठमाडौं, २५, भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ लाख सात हजार नौ सय १९ पुगेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेर दुई करोड ८० लाख १९ हजार सात सय ७४ पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख सात हजार नौ सय १९ पुगेको छ भने कोरोना जित्नेको संख्या दुई करोड ९५लाख नौ सय ५२ नाघेको छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९५ हजार दुई सय ३९, ब्राजिलमा एक लाख २८ हजार ६ सय ५३, भारतमा ७५ हजार ९१, मेक्सिकोमा ६९ हजार ९५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।