अमेरिकामा कोरोनाका कारण कतिले गुमाए ज्यान ?

437
views

काठमाडौं, २६, भदौ । विश्वभर फैलिएको कोरोना भाइरसको वेवास्थासँगै चुनौति सामना गर्दै अमेरिकामा धेरैले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी अमेरिकामा नै देखिएको छ ।

डिसेम्बरको अन्त्यतिर जहाँबाट भाइरसको सुरुवात भयो चीनको हुबे प्रान्तको वुहान शहर त्यहाँ भाईरसको रोकथाम तथा नियन्त्रण भएको छ तर अमेरिकामा भाइरसकै कारण ज्यान गुमाईरहेका छन् ।

अमेरिकी राष्ट्रपतिले कोभिड भाइरसलाई चाईनिज भाइरसको संज्ञा दिइरहेकै छन् । तर, अमेरिकामा भाइरसको नियन्त्रण एवं रोकथाम हुन सकेको छैन् । कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका शुक्रबार विहानसम्म ज्यान गुमाउनको संख्या एक लाख ९६ हजार दुई सय २८ पुगेको छ । अमेरिका यो भायइरसबाट निकै प्रभावि बनेको छ ।

ब्राजिलमा एक लाख २९ हजार पाँच सय ७५, भारतमा ७६ हजार तीन सय चार, मेक्सिकोमा ६९ हजार ६ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

आजसम्मको तथ्याङक अनुसार विश्वभर दुई करोड ८३ लाख २३ हजार सात सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर नौ लाख १३ हजार नौ सय आठ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।