कोरोनाले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरु

373
views

पर्वत, १७, असोज । कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वत खण्डको निर्माण कार्य फेरि थाालिएको छ । चैत्रको दोस्रो सातादेखि रोकिएको निर्माण कार्य असोजको दोस्रो साता देखि शुरु भएको हो ।

भदौ महिनामा निर्माण कार्यको म्याद सकिएको छ । तर सडकखण्ड निर्माणकार्यको जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले अहिले सम्म ६० प्रतिशत भन्दा बढी काम भएको जानकारी दिएको छ ।

‘लक डाउन लगायतका कारणले रोकिएको भए पनि अब काम तीब्र रुपमा अघि बढ्छ ।’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले भने दशैपछि कालोपत्रेको काम पनि शुरु गर्छौ’

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो ।

बागलुङ्गको सिमाना मालढुंगा देखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अबस्था छ । ‘अहिले बाँकी रहेको स्टक्चरको काम र बेस राखेको ठाउँमा बर्षाका कारण बिग्रेको खण्डलाई रेडि गराउने काम शुरु भएको छ ।’

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले पछिल्लो तीनहप्तादेखि निर्माण कार्यको शुरु भइरहेको बताए । उनले कोरोनाका कारण रोकिएको काम पून शुरु भएको र निर्माण कम्पनीले सम्झौता अनुसार निर्माण कार्यलाई थप तिव्रताका साथ अगाडी बढाएको बताए ।

कोरोनासँगै बाढी पहिरोले केही भागमा क्षति पुर्याएको उल्लेख गर्दै निर्माण कार्य सम्पन्न हुँदासम्म विग्रे भत्केका ठाउँहरुको समेत निर्माण हुने बताउँदै थापाले भने ‘सडक निर्माण कार्यलाई तिव्र गतिमा सम्पन्न गर्नका लागि हरेक समयको अनुगमनाम निर्माण कम्पनीलाई सुझाव दिइरहेका छौं ।’