‘अपरेशन नाम्फा बचाउ’ मा सफलता

919
views

सिन्धुपाल्चोक, २६, असोज । २०७२ सालको भुकम्पले एक किलोमिटर माथिबाट २०० मिटर तल ल्याएको १७, १३ र १२, क्यु. फिट आयतनको एउटा विशाल ढुङ्गालाई नेपाली सेनाले सुरक्षित स्थानमा अवतरण गराएको छ ।

भुकम्पका सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ नाम्फा देखि करिब १ कि.मि. माथि र वडा नं. २ सान्ञ्च गाउँ भन्दा करिब २०० मि. तल खसेको विशाल ढुंगाले सान्चो, नाम्फा, ठूलो नाम्फा, सानो गाउँमा गम्भिर मानविय र भौतिक क्षति पु¥याउनुका साथै बलेफी खोलाको निर्माणाधिन बलेफी हाईड्रो पावर प्रोजेक्टलाई ठुलो असर पार्ने अवस्था विथयो ।

प्राकृतिक रुपमा खुकुलो रहेको जमिनमा वर्षा लगायत अन्य कुनै कारणबाट आफ्नो स्थान छोडेको खण्डमा यस ढुङ्गाका कारण नाम्फा गाउँका १४९ र सान्चा गाउँका ११५ घरहरु भौतिक तथा मानवीय क्षतिको त्रासमा थिए ।
जिल्लामा तैनाथ गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) तथा माथिल्लो बलेफी ‘ए’ हाईड्रोपावरका प्राविधिकहरुको समन्वयमा सो ढुङ्गालाई सुरक्षित रुपमा हटाउन “अपरेशन नाम्फा बचाउँ’’ सफल भएको नेपाली सेनाले जनाएको छ ।

आश्विन १२ गतेबाट कार्य आरम्भ गरिएको उक्त प्रयासमा र विष्फोटक पदार्थको सन्तुलित प्रयोग गरी ढुङ्गा हटाउने कार्य सफलताका साथ सम्पन्न भएको छ । उक्त कार्यमा ३३५ के.जी. विष्फोटक पदार्थ लगायत अन्य सामाग्री प्रयोग गरिएको थियो ।