सोलुदूधकुण्डलाई सोलुखुम्बु महिला फुटसलको उपाधि

559
views

सोलुखुम्बु, ४, कार्तिक । सोलुखुम्बुमा पहिलो पटक आयोजित महिला फुटसल प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड युथ क्लबले हात पारेको छ ।

सल्लेरीमा भएको प्रतियोगिताको फाइनलमा आयोजक महिला युवा संस्थालाई २÷१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

जिल्लाका आठ टिम सहभागी प्रतियोगिताका विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।