च्यातिएका मतपत्र झिकाउन सर्वोच्चको आदेश

581
views

काठमाडौ, ६, असार । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएका मतपत्र झिकाउन सर्वोच्चको आदेश भएको छ । पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा शुरु भएको बहसमा च्यातिएका मतपत्र एक साता भित्र झिकाउने आदेश भएको हो ।
कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलाशले मंगलबार त्यस्तो आदेश दिएको हो । बहसमा रिट निवेदकका तर्फबाट दुई जना वकिलले बहस गरेपछि सरकारी वकिलको धारणा लिएर इजलाशले त्यस्तो आदेश दिएको हो । इजलाशले निर्वाचन अधिकृतको कार्यालयको निर्णय पनि झिकाउने आदेश दिएको छ ।
इजलाशमा रिट निवेदकका तर्फबाट शम्भु थापा,टिकाराम भट्टराई र हरि उप्रेतीले बहस गर्नु भएको थियो भने निर्वाचन आयोगका तर्फबाट हरिहर दाहालले बहस गर्नु भएको थियो ।