लुम्बिनी प्रादेशिक अस्पतालमा संक्रमित पुरुषको मृत्यु

413
views

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालमा गुल्मीका ८५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।

दरबार गाउँपालिका ६ का ती संक्रमित पुरुषको आज बिहान साढे ७ बजे मृत्यु भएको हो।

मृतकलाई १३ गते कोरोना पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएका थिए। ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालका मेसु राजेन्द्रप्रसाद खनालले जानकारी दिए।

गुल्मीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।