नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

1044
views

काठमाडौं, २०, कात्र्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।

नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की र दिलेन लोक्ताम छन् ।

यसैगरी जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि टोलीमा छन् ।

नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण दुई खेल खेल्नेछ ।