पोखरामा दुईजना कोरोना संक्रमितको मृत्यु

618
views

पोखरा, ११ मंसिर । कास्कीको पोखरामा उपचार गराईरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मणिपाल शिक्षण अस्पतालमा रहेकी पोखरा महानगरपालिका– १३ की ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे र लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको पनि बुधबार राती नै मृत्यु भएको हो ।