प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवबीच भेटवार्ता

549
views

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ ।

विदेश सचिव श्रृंगलाले साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

शुक्रबार भने विदेश सचिव श्रृंगला गोरखा र मनाङ जाने कार्यक्रम रहेको छ । गोरखामा भारतीय सहयोगमा बनेका विद्यालयको अवलोकन र मनाङमा गुम्बा उद्घाटनको कार्यक्रम समेत रहेको छ ।