बाच्छामा सडक खन्दा पानीको विनास

1368
views

पर्वत, १६, मंसिर । विकासका नाउँमा जथाभावी खनिएका सडकले विनास बढेको छ । विहादी गाउँपालिका–१ बाच्छामा सडक निर्माण गर्दा एकसय घरधुरीले पिउने पानी क्षत्विक्षत भएको छ ।

साविक बाच्छा गाविस वडा न ४ र ५ को भुतेखोला–दुर्लाङ्गका वासिन्दाले उपभोग गर्ने पानी वडा अध्यक्ष हिमनाथ आचार्यको नेतृत्वमा निर्माण गर्न लागिएको सडकले खानेपानी ध्वंस हुने भएपछि स्थानीयले विरोध जनाएका छन् ।

वडाको विकास निर्माणका लागि विनियोजन भएको पन्ध्रलाख बजेटले बछेश्वरदेखि भेडाबारसम्म नयाँ सडक जोड्दा पिउने पानी नष्ट हुन पुगेको स्थानीय भुवन गुरुङले बताए ।

सडक निर्माण गर्दा पानीको मुहान भत्किनुका साथै मुहान बनाउने थप बजेट नभएका कारण खानेपानीको संकटमा परेका उपभोत्ताले वडा अध्यक्षसँग निर्माण कार्य नगर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरी वडा अध्यक्षले जवरजस्ती सडक खनेपछि पिउने पानी ध्वंस भएको भन्दै स्थानीय मिलन कोईरालाले आक्रोष व्यक्त गरेका छन् ।

गत आवमा आएको पाँचलाख रुपैयाँले निर्माण गरेको पानी नविगार्न र सडक खन्ने प्रक्रिया रोक्नका लागि बतासे खानेपानी उपभोक्ताहरुको भेलाले उपभोक्ताहरुको हस्ताक्षर संकलन गरी वडाध्यक्षलाई बुझाएका छन् ।

बृहत् खानेपानी आयोजनाका प्रतिनिधि, बतासे खानेपानीका प्रतिनिधि, निर्माण समिति र वडा अध्यक्षको रोहवरमा बैठक बसि पानीको अर्को बिकल्प खोजी ट्याङ्कीमा पानी ल्याउने सर्तमा बाटो खन्ने भनि गरिएको सहमतिलाई वडाअध्यक्षले जवरजस्ती उलंघन गरि डोजर चलाउने काम गरिएको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् ।

सडक निर्माणका नाउँमा खानेपानी मुहान र पाईप विग्रिएपछि बतासे खानेपानी आयोजनाका अध्यक्ष झप्पर कोईरालाको संयोजकत्वमा नागरिक समाज गठन गरी खोनपानीको व्यवस्था गर्न माग गर्दै वडा कार्यालय घेराउ तथा हस्ताक्षर संकलन कार्य समेत गरिएको स्थानीयको भनाई छ ।