२४ घण्टामा थप १३ सय ४ जना संक्रमित

471
views

काठमाडौं, १६, मंसिर । पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस (कोभिड (१९) का संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ ।