विश्वभर ६ करोड ७३ लाख बढी कोरोना संक्रमित

535
views

काठमाडौं, २२, मंसिर । विश्वभर कोरोना भाइरसबाट संक्रमितहुनेहरुको संख्या ६ करोड ७३ लाख नाघेको छ । संक्रमणबाट १५ लाख ३४ हजार बढीको मृत्यु भएको छ ।

अहिलेसम्म ४ करोड ६५ लाख ८० हजार संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९२ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ५१ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ८८ हजारको मृत्यु भएको छ । भारतमा ९६ लाख संक्रमितमध्ये एक लाख ४० हजारको मृत्यु भएको छ ।

नेपालमा २ लाख ४० हजार ९ सय ८१ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १५ सय ९४ जनाको मृत्यु भएको छ ।