राजपुर बमकाण्डः आलमका भाइ महताफ पक्राउ

446
views

रौतहट । राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ महताफ आलम पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार आलमलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको हो। अहिले उनलाई रौतहट ल्याइँदै गरेको बताइएको छ ।

संसद आलम पक्राउ परेपछि महताफ फरार थिए । २७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ।

मुख्य आरोपी भनिएका संसद अफताव आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए । संसद आलम हाल कारागारमा छन् । ११ आरोपीमध्ये ५ जना पक्राउ परिसकेका छन् ।

२७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

मुख्य आरोपी भनिएका संसद अफताव आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए । संसद आलम हाल कारागारमा छन् । ११ आरोपीमध्ये ५ जना पक्राउ परिसकेका छन् ।