प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

477
views

काठमाडौँ, २२, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न सर्वदलिय बैठक बोलाएको थापाले बताए ।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न गत जेठमा सर्वदलीय बैठक बोलाएका थिए ।