प्रधानमन्त्री कपः सुदूरपश्चिम छनौट आजदेखि

523
views

काठमाडौ । प्रधानमन्त्री कप पिएम एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय छनोट प्रतियोगिता आजदेखि सुुरु हुने भएको छ ।

पुरुष टोलीको छनौट आज मंसिर २७ देखि कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको छ। महिलातर्फको छनौट प्रतियोगिता अगामी पुस ४ गतेदेखि कैलालीको धनगढीमा हुने जनाइएको छ ।

नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार पुरुषतर्फको भोलि उद्घाटन खेलमा अछाम र डोटी भिड्ने भएका छन् ।

महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उक्त उद्घाटन खेल बिहान ९ बजेदेखि शुरु हुने जनाइएको छ ।

यस्तै भोलि नै हुने अर्को खेलमा खुलामञ्च खेलमैदानमा डडेल्धुरा र कञ्चनपुर आमनेसामने हुने उनले बताए । पुरुषतर्फको छनौटमा प्रदेशका ८ टोली सहभागी हुने छन्।पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने जनाइएको छ ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ । महिलातर्फका खेलहरू दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।