विद्यालयमा साईबर सुरक्षा प्रशिक्षण

463
views

पर्वत,१,पौष । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वतको कुश्मा नगरपालिकामा रहेको श्री नमुना आवासिय माध्यमिक विद्यालयमा साईबर सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम समप्न्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, यसको दुरुपयोगबाट हुनसक्ने आपराधिक क्रियाकलापहरु र सो संग सम्बन्धित ऐन कानुनका बारेमा विद्यार्थीहरुलाई अवगत गराइिएको थियो ।

विद्यालयका प्रध्यानध्यापक ईन्द्रमान खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका प्रहरी नायव निरीक्षक पुर्णिमा थापा, सोही विद्यालयका विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बारे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले प्रशिक्षण दिएका थिए ।