रत्ननगर उद्योग वाणिज्य संघमा नेकपाको प्यानल विजयी

613
views

चितवन, १, पौष । चितवनको रत्ननगर उद्योग वाणिज्य संघमा नेकपाको सिङ्गो प्यानल विजयी भएको छ । मंगलबार राति सम्पन्न मतगणनामा बरिष्ठ उपाध्यक्ष सहित सबै पदमा नेकपाका उम्मेदवार विजयी भएका हुन् ।

नेकपाबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार शंकर गिरीले ६ सय ४ मत प्राप्त गरि विजयी भए भने उनका प्रतिस्पर्धी देवेन्द्र कुमार श्रेष्ठले ५ सय ४५ मत प्राप्त गरे । रत्नगर उद्योग वाणिज्य संघको २१औ साधरणसभाबाट विधानतर्फ अनिल कृष्ण श्रेष्ठ रत्ननगरमा अध्यक्ष बनेका छन् ।

वाणिज्य तर्फ उपाध्यक्ष भिमनारायण श्रेष्ठ उद्योगतर्फ उपाध्यक्ष पुरू खनाल, वस्तुगततर्फ उपाध्यक्ष, रघुनाथ भट्ट एशोशिएट उपाध्यक्ष, राममणि थपलिया, महासचिव निराजन खनाल र कोषाध्यक्षमा उपेन्द्र आचार्य निर्वाचित भएका छन् ।