नेकपा स्थायी कमिटी बैठक शुरु, ओली अनुपस्थित

572
views

काठमाडौं, १, पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर प्रचण्ड बैठकमा आएका हुन् ।

बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ । तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ ।

गएको माघ २६ को स्थायी कमिटीले गरेको १५ बुँदे निर्णय पालना नभएको भन्दै ओली प्रति पार्टीभित्र असन्तुष्टि बढेको छ ।