अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत

392
views

काठमाडौं, १, पुष । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन सहमत भएसँगै मंगलबार राष्ट्रपतिबाट जारी भएको अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशन माग गर्दै नेकपा नेताले शीतल निवासमा पुर्याएको निवेदन फिर्ता गर्न पनि प्रचण्डले स्विकार गरेका छन् ।

यो सहमति भएसँगै बुधबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली सहभागी भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ ।

अध्यादेशसम्बन्धी विवाद अदालतसम्म पुगेको छ । बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।