ढिलासुस्ती र अन्यायपूर्ण गतिविधि गरेको भन्दै मालपोतमा तोडफोड

2994
views

गोपाल जिसी
पर्वत, ३, पुस । मालपोत कार्यालय पर्वतमा तोडफोड गरेका जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० बर्षिय सुमन बहादुर खत्रीले ढिलासुस्ती लगायतका अन्यायपूर्ण गतिविधिका कारण तोडफोड गर्न वाध्य भएको बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका खत्रीले शुक्रबार नवदृष्टि अनलाईनसँग कुराकानी गर्दै मंसिर १४ गतेदेखि थालिएको सामान्य काम पौष २ गतेसम्म पनि नभएपछि मालपोत कार्यालयका कर्मचारीमाथि आक्रोष व्यक्त गरेको बताए ।

खत्रीले श्रेष्ता संसोधनको निवेदन र अंश बुझेको भर्पाइको लिखत पेशको काममा कहिले यो पुगेन, कहिले त्यो पुगेन भन्दै लामो समय लगाएको र काम नहुने भएपछि आँफुले पेश गरेको कागजात दिनुहोस् भनि माग्दा नदिएपछि तोडफोड गरेको बताए ।

मंसिर १४ गतेदेखि काम शुरु गरेको बताएका खत्रीले भू–सेवा केन्द्रका लेखापढी व्यवसायि मोहन शर्मा पौडेलसँग २०७७ साल मंसिर २३ गते पहिलो सम्झौता गरेका छन् । तत्पश्चात २५ गते गाउँपालिकाको वडा कार्यालयबाट सिफारिस लिई आएपछि भर्पाइ पेश गरेको पौडेलको भनाई छ ।

पौडेलले २३ गतेबाट प्रक्रिया थालेको भएपनि कार्यालयको सबै कागजी प्रक्रिया मिलाएपछि २०७७ साल पौष २ गते सवमिशन नं १७२४३४ मा सवमिशन गरेपछि उनको काम शुरु भएको बताए ।

खत्रीले प्रक्रिया कहिलेदेखि थालनी गरे भन्दापनि मालपोत कार्यालयमा २०७७ साल पौष २ गते नै आएको र उनकै काम भैरहेको अवस्थामा एक्कासी तोडफोडमा उत्रिएको मालपोत कार्यालय पर्वतका अधिकृत मुकुन्द लामिछानेले जानकारी दिए ।

मालपोत कार्यालय पर्वतले खत्रीले जलजला गाउँपालिका साविक माझफाँट–३ का द.नं २४८९ सि.नं. (१८) मिति २ गते श्रेष्ता संसोधनको निवेदन पेश गरेको, सो कार्य सम्पादन सोही दिनमै भैसकेको र दोस्रो कार्य अंश बुझेको भर्पाइको लिखत पेश गरेकोमा मोठ कम्प्युटर भिडाई रजिष्ट्रेशन फाँटमा रुजु हुँदा मुल्य नपुगेकोले न्यूनतम मुल्य पुर्याई पून संसोधित पेश गर्ने भनि फिर्ता पठाइएपछि भू–सेवा केन्द्रबाट न्यूनतम मुल्य पुर्याई आएको संसोधित लिखित दिउसो ३ः४० बजे मात्र कार्यालयमा प्राप्त भएको र सो को काम गर्दागर्दै कार्यालय समय सकिएपछि खत्रीले तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिए ।

खत्रीलाई अपराधिक उपद्रवमा मुद्दा चलाउने तयारी भैरहेको र म्याद थपका लागि जिल्ला अदालत पर्वतमा पेश गरिएको प्रहरी निरीक्षक मनिस श्रेष्ठले जानकारी दिए ।

तोडफोड घटनाप्रति मालपोत कार्यालयद्वारा आपत्ति
मालपोत कार्यालय पर्वतमा विहिबार भएको तोडफोड घटनाप्रति काार्यालयले आपत्ति जनाएको छ । मालपाेित अधिकृत मुकुन्द लामिछानेद्वारा हस्ताक्षरीत विज्ञप्तीमा मालपोत कार्यालय पर्वतले जलजला गाउँपालिका साविक माझफाँट–३ का सुमन बहादुर खत्रीले कार्यालयमा गरेको तोडफोडप्रति आपत्ति जनाएको हो ।

विज्ञप्तीमा जलजला गाउँपालिका साविक माझफाँट–३ बस्ने सुमन बहादुर खत्रलिे निजका पिता श्याम बहादुर खत्री क्षेत्रीको द.नं २४८९ सि.नं. (१८) मिति २ गते श्रेष्ता संसोधनको निवेदन पेश गरेको, सो कार्य सम्पादन सोही दिनमै भैसकेको र दोस्रो कार्य अंश बुझेको भर्पाइको लिखत पेश गरेकोमा मोठ कम्प्युटर भिडाई रजिष्ट्रेशन फाँटमा रुजु हुँदा मुल्य नपुगेकोले न्यूनतम मुल्य पुर्याई पून संसोधित पेश गर्ने भनि फिर्ता पठाइएपछि भू–सेवा केन्द्रबाट न्यूनतम मुल्य पुर्याई आएको संसोधित लिखित दिउसो ३ः४० बजे मात्र कार्यालयमा प्राप्त हुन आएको उल्लेख गर्दै तोडफोडमा उत्रिएका खत्रीले कार्यालयका सामान र महत्वपूर्ण काजगातहरु नष्ट गरी पुर्याएको क्षतिप्रति खेद व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा गुनासो सुन्ने अधिकारी वा काार्यालय प्रमुख समक्ष गुनसो वा उजुरी गर्न सकिने कानूनी व्यवस्वथा हुँदाहुँदै कार्यालय समय पश्चात बलपूर्वक सरकारी कार्यालयभित्र प्रवेश गरी सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याएकोमा यस्तो निन्दनिय कार्यलाई निरुत्साहित गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहान्छौं ।