विरेन्द्रनगरमा क्षयरोग न्युनिकरणका विषयमा सरोकारवालाविच अन्र्तक्रिया कार्यक्रम सम्पन्न

545
views

जितेन्द्र थापा
सुर्खेत ।
शुक्रवार सुर्खेतको विरेन्द्रनगरमा नेपालमा क्षयरोग र एच.आइ.भी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरण कार्यक्रम भन्ने विषयक कार्यक्रममा सरोकारवालाविच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी दुर्गा थापाले भने, ‘समाजबाट अपहेलित विरामलिाई हामी आफैले अपहेलित गरिरहेको पाईन्छ अपहेलित गर्ने जोसुकैलाई कानुनको भागिदार बनाउने हामी सचेत नागरिकको हो ।

नेपाल सरकारले जनस्वास्थय समस्याको रुपमा रहेको क्षयरोगलाई सन २०५० सम्म क्षयरोग निवारणका लागि सबैको सहयोग आवश्यक रहेको नेपाल क्षयरोग निवारण संघ संस्थाका केन्द्रिय सदस्य तथा कार्यक्रमका सभापति श्याम साक्यले बताए । उनले भने, ‘क्षयरोग निवारण संघको शाखा सुर्खेतमा ल्याउनलाइ तयारि गरिरहेको र अब छिटटै क्षयरोग निवारण संस्थाको शाखा सुर्खेतमा स्थापना तयारिमा जुटेको र स्थापनापछि क्षयरोग सम्बन्धि विभिन्न कार्यक्रम गर्न सकिने र क्षयरोग न्युनिकरणमा सहयोग पुग्ने छ ।

आ.व २०७६÷७७ मा कर्णालीमा एकहजार दुईसय ७० जना क्षयरोगका विरामी भेटिएको र सबैभन्दा धेरै सुर्खेतमा चार सय १६ जना क्षयरोगका विरामि रहेको जन स्वास्थ्य कार्यलय सुर्खेतले बताएको छ ।

अझैपनि विश्व जनसङख्याको एकतिहाई जनसङख्या क्षयरोगको किटाणुको जोखिममा छन् ।
त्यस्तै प्रति वर्ष करिब विश्वमा ८० लाख नयाँ क्षयरोगि थपिने गरेका छन् भने २० लाखको क्षयरोगकै कारण मृत्यु हुने तथ्याङ्क छ ।

नेपाल सरकारले क्षयरागको उपचार निशुल्क गरेको छ भने सन् २०५० सम्म क्षयरोग निर्मुल पार्ने योजनामा छ ।

३ हप्ता वा त्यो भन्दा बढि समयदेखि खाकि लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा या छाति भारि भइरहेमा, अकस्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महशुस भएमा नजिकैको स्वास्थ्य चौकि गएर उपचार गर्न गराउन चिकित्सकहरुको सुझाव छ ।

अन्तक्रिया कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।