संसद विघटनविरुद्ध दायर ११ रिट उपर सुनुवाइ हुँदै

367
views

काठमाडौं, ८, पुस । संसद विघटनविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा परेका संसद विघटनविरुद्ध परेका रिटहरुको आज सुनुवाइ हुँदैछ । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा रिट दायर गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।
सर्वोच्च अदालतमा परेका ११ वटा रिटको पेशी आजलाई र संवैधानिक इजलासमा पठाइएको एउटा रिटको पेशी आगामी शुक्रबारलाई तोकिएको छ ।

संसद विघटन विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतले रिट दायर। गर्नुभएको थियो ।

यसैगरी यही पुस ७ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।